ठूला ठेक्कामा वञ्चित गराएकोमा आपत्ति



काठमाडौं : एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सञ्चालित पूर्वाधार निर्माण आयोजनामा नेपाली व्यवसायीलाई वञ्चित गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहकार्य ९सासेक०अन्तर्गत कमला–कञ्चनपुर (८७ किलोमिटर) सडक निर्माणका लागि सडक विभागको आयोजना निर्देशनालयले बोलपत्र आह्वान गरेको छ ।

एकल र जोइन्ट भेन्चरमा समेत नेपाली कम्पनी सहभागी हुन नपाउने गरी एडिबीले राखेको योग्यताका सर्तहरूप्रति महासंघले आपत्ति जनाएको हो । यस्तो सर्त सरकारले चाहे हटाउन सक्ने भए पनि त्यस्तो नगरिएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

‘विगतमा भन्दा नेपाली निर्माण–व्यवसायीको क्षमता धेरै नै बढेको छ,’ उनले भने, ‘तर, अहिले आएर जोइन्ट भेन्चरमा समेत सहभागी हुन नसक्नेकिसिमको प्रावधान किन ल्याइयो, हामीले बुझेका छैनौँ ।’

एडिबीले नेपाललाई करिब ३९ अर्ब ३२ करोड रुपैयाँ (३ सय ४३ दशमलव ९ मिलियन अमेरिकी डलर) ऋण तथा अनुदान सहयोग दिने सम्झौता ४ मंसिरमा भएको थियो ।

राजमार्ग स्तरोन्नतिका लागि प्राप्त ऋण सहयोगबाट पूर्व–पश्चिम राजमार्गको कमलादेखि कञ्चनपुरबीच ४८ किलोमिटर सडकलाई ४ लेनमा विस्तार गरिनेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्