राजपामा झा र यादव स‌ंयोजक बन्न नपाउने



काठमाडौं : बैशाखमा महाधिवेशन भए राष्ट्रिय जनता पार्टी (राजपा) मा अध्यक्ष मण्डलका सदस्यद्वय अनिलकुमार झा र राजकिशोर यादब अध्यक्ष मण्डलको संयोजक बन्नबाट बन्चित हुने भएका छन ।

राजपाले आउदो वैशाखको ७, ८ र ९ गते एकताको प्रथम ऐतिहासिक महाधिवेशन गर्ने भएको छ । अध्यक्ष मण्डलका संस्थापक संयोजक महन्थ ठाकुरले चक्रीण प्रणाली नमानेका कारण उनीहरुको संयोजक बन्ने सम्भावना कमजोर बन्दै गएको हो ।

२०७४ बैशाख ७ गते ६ वटा पार्टी मिलेर राजपा बनेको थियो । ५ वटा पार्टीले एकताको निर्णय गरिसकेपछि अन्तिममा मात्र झा नेतृत्वको पार्टी समावेश भएको थियो । ठाकुर त्यो बेलादेखि मंसिर ४ गतेसम्म संयोजकको रुपमा रहेका थिए ।

पार्टी विधानको धारा १६ को उपधारा (५) मा चक्रीय प्रणालीमा अध्यक्ष चयन हुने व्यवस्था स्पष्ट भए पनि ठाकुरले संयोजक नछोड्दा समस्या उत्पन्न भएको थियो ।

मंसिर ४ गतेबाट राजेन्द्र महतो संयोजक बनेका छन् । महतोले २ महिनामा नेतृत्व हस्तान्तरण गरे त्यसपछि महिन्द्र राय यादब, शरतसिंह भण्डारी संयोजक हुनेछन् । 

बैशाखमा भण्डारीको संयोजक हुने पालो आउने भएको छ । महाधिवेशन समयमै नभए अन्तिममा आएर झा र यादब संयोजक बन्नेछन् । राजपाले २०७४ असार २३ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निबेदन दिएको थियो ।

आयोगले असार ३० गते मात्र दल दर्ताको आधिकारिकता दिएको थियो । त्यसो हुँदा असार ३० गतेसम्म आयोगमा नयाँ समितिको नाम बुझाए फरक नपर्ने भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्