चीनमा रासायनिक प्लान्ट नजिक विस्फोट, २२ जनाको मृत्यु



एजेन्सी : उत्तरी चीनको एक रासायनिक प्लान्ट नजिक भएको विस्फोटमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य २२ जना घाइते भएका छन् । 

उत्तरी चीनको हेबेई प्रान्तमा भएको विस्फोटका कारण १५ वटा घर पूर्णरूपमा नष्ट भएको छ सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । आसपासका साढे ३०० भन्दा बढी घरमा सामान्य क्षति पुगेको छ । यस्तै ३८ वटा ट्रक र १२ वटा कारमा पूर्णरूपमा क्षति पुगेको छ । 

स्थानीय समय अनुसार राति १ बजे आगलागी पछि विस्फोट भएको जनाइएको छ । स्थानीय अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । विस्फोटको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्