आज पानी पर्ने सम्भावना



काठमाडौं : काठमाडौं आज केही ठाउँमा हिउँदे वर्षा हुने जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले केही ठाउँमा पानी पर्ने अनुमान गरिएको हो । 

मौसमविद् शान्ति कँडेलका अनुसार विशेषगरी मध्य र पश्चिमी पहाडी भूभागको एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।  तर ठूलो पानी वा झरीको सम्भावना भने छैन ।

यस्तै पश्चिमी हिमाली भेगमा हिमपात हुने सम्भावना छ । मध्य र पूर्वको मौसम भने आशिंक बदली हुनेछ । अबको तीन दिन पश्चिमी वायुको प्रभाव रहने भएकाले मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम रहेको मौसमविद् कँडेलले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस्