धादिङमा आमाहरुबीच फुटबल प्रतिस्पर्धा



धादिङ : मैदानमा फुटबल पनि थियो, रेफ्री पनि थिए तर फुटबल खेल्ने खेलाडीजस्ता कोही थिएनन् । तर पनि बेनिघाट रोराङ गाउँपालिकाको चन्द्रोदय माविको खेलमैदानमा फुटबल खेलको तयारी हुँदै थियो । 

कुर्था सलवार र पाइन्टसँग जुत्तामोजा लगाएका आमाहरु मैदानमा प्रवेश गरेपछि मात्रै थाहा भयो आमाहरुबीच फुटबल प्रतिस्पर्धा हुँदै रहेछ । 

भात–भान्सा र घरायसी धन्दामा अल्मलिरहने ‘आमा’ हरुले फुटबल खेलमा प्रतिस्पर्धा गरे भन्ने सुन्दा, सुन्नेलाइ पनि अनौठो लाग्न सक्छ । तर यही अनौठोकोबीच धादिङको बेनिघाट रोराङ गाउँपालिकामा भने महिला(आमाहरु)ले फुटबल खेलेर दर्शकहरुलाइ भरपुर मनोरञ्न दिलाए ।

लैङिगक हिंसा र महिला अधिकारको क्षेत्रमा काम गरिरहेको संस्था सहयात्री समाजको सहयोगमा बेनिघाट रोराङ गाउँपालिकाले लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारी जनचेतना अभिवृद्धि र आमाहरुको आत्मविश्वास बढाउनको लागि दुइ आमा समुहबीच फुटबल प्रतिस्पर्धा गराएको हो । 

आमाहरुबीच फुटबल खेलको प्रतिस्पर्धा भइरहँदा गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी र उपाध्यक्ष देवीप्रसाद सिलवालले दर्शक दिर्घामा बसेर आमाहरुलाइ बल हान्न हौसला दिइरहेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्