लेस्टर सिटी लिग कपको क्वार्टर फाइनलमा



साउथह्याम्टनलाई पराजित गर्दै लेस्टर सिटी इंग्लिस लिग कपको क्वार्टर फाइनलमा पुगेको छ ।

 

मंगलबार राति भएको खेलमा लेस्टारले साउथह्याम्टनलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्‍यो । पेनाल्टीमा साउथह्याम्टनका मानोलो गब्बियाडिनीको प्रहार ड्यानी वार्डले बचाएपछि लेस्टरले क्वार्टर फाइनलमा म्यान्चेस्टर सिटीसँगको भिडन्त तय गरेको हो ।

लेस्टरको मैदानमा भएको खेलको निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । पहिलो पाँच पेनाल्टीमा दुबै टिमले ५–५ गोल गरेका थिए ।

त्यसपछि साउथह्याम्टनका गब्बियाडिनीको प्रहार लेस्टरका गोलकिपर ड्यानी वार्डले बचाए । त्यसपछि नाम्पालिज मेन्डीले गोल गरेपछि लेस्टर विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्