डुबेर बेपत्ता डिसीको शव भेटियो



दाङ : गत आइतबार पौडि खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएका १८ वर्षीय लक्ष्मण डिसीको शव बुधबार बिहान भेटिएको छ । आइतबार साथीहरुसँग क्रिकेट खेल्न गएका डिसी तालमा डुबेर बेपता भएका थिए ।  

डिसीको शव बुधबार बिहान साढे ८ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

डिसीको खोजीका लागि चितवनबाट गोताखोरको टोली दाङ पुगेको थियो । गोताखोरले पनि शव भेटाउन नसकेपछि पोखरीको पानी सुकाएर उनको शव निकालिएको हो । पानी सुकिसकेपछि उनको शब भेटिएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्