सुन जस्तो देखिने बस्तु सहित तीन जना नियन्त्रणमा



काठमाडौं :  महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको  CRV प्रहरी टोलीले  अबैध सुन सहित बल्खुबाट तीन जना नियन्त्रणमा लिएको छ ।

 

ललितपुर महानगरपालीका २ बल्खु  गए राती ११ बजे रोयल गेष्ट हाउस आगाडी बा. १० च . ८९९२ नम्बरको टाटा डि.आई गाडीलाई चेकजाँचको क्रममा  सुन जस्तो देखिने बस्तु १ के.जि.लेखिएको १ थान, ईलेक्ट्रिक तराजु सानो १ थान, धातु काट्ने कैंची १ थान र नगद ३६ लाख ६५ हजार रूपैया सहित तीन जना पक्राउ परेकाे ५ । 

 

जिल्ला दाङ घर भई ललितपुर सानेपा बस्ने वर्ष २८ को गोपाल वि.क., सल्यान सारदा नगरपालीका ६ घर भई ललितपुर पाटन बंगालामुखी बस्ने वर्ष २७ को सञ्जय कुमार तिरूवा र जिल्ला दाङ राप्ती नगरपालीका २ घर भएका वर्ष २७ को शिव कुमाल सहित ३ जनालाई पक्राउ गरीएको महानगरीय प्रहरी प्रभाग बल्खुले जनाएको छ ।  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ  ।

प्रतिक्रिया दिनुहोस्