जागिरको लोभ देखाई ठगी, एकजना पक्राउ



पर्सा : राष्ट्रिय अनुसन्धानको कार्यालय हेटौंडामा प्रहरी जवान पदमा जागिर लगाई दिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले धोबिनी गाउँपालिका–३ हरिपुरका आलोककुमार पाण्डेय भनिने सन्तोषकुमार पाण्डेयलाई पक्राउ गरेको छ । पाण्डेय वीरगन्ज महानगरपालिका–१३ मा डेरा गरी बस्दै आएका थिए ।

पाण्डेय जागिर लगाइदिने भनी नक्कली नियुक्तिपत्रसमेत दिएर झुक्याई बाराका ३ जनासँग क्रमशः १ लाख ७० हजार,  १ लाख ५० हजार र ४ लाख रुपैयाँ  ठगी गरेको उजुरी परेको थियो । त्यसपछि प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पीडितको नाम भने खुलाएको छैन । 

प्रतिक्रिया दिनुहोस्