
सुर्खेतः बुधबार बिहानै दैलेखमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोटका लागि छुटेको जिप दुर्घटना भएको हो ।
भे १ च २२०७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार आठ जना मध्ये चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिप दुर्घटनामा परी घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने दुई जनालाई उपचारका लागि लिँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत्यु हुनेमा ठाँटीकाँध गाउँपालिका १ का ४५ वर्षीय राजेन्द्रबहादुर शाही र ठाँटीकाँध–१ का ३० वर्षीय निर्मल बमको घटना स्थलमै मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भिर गाईते भएका ठाँटीकाँध–२ का ३० वर्षीय रमेश शाही र ठाँटीकाँध–३ की ४६ वर्षिय रत्ना शाही उपचारका लागि सुर्खेत लिने क्रममा बाटोमा मृत्यु भएको डीएसपी ठाकुर पोखरेलले बताए ।
दुर्घटनाबाट ठाँटीकाँध–१ का २८ वर्षिय समशेर बम, ३० वर्षिय युद्ध सुची, ठाँटीकाँध– ४ का दिलिप शाही र २८ वर्षिय मनिश राष्कोटी घाइते भएका छन् ।
डीएसपी पोखरेलका अनुसार दुर्घटनाबाट घाइते भएका चार जनाको अवस्था पनि गम्भिर रहेको डिएसपी पोखरेलले बताए । जिपका चालक रमेश शाहीको मृत्यु भएकाले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।