बन्दुकसहित एक जना पक्राउ



सर्लाही : सर्लाहीकाे रामनगरमा एक जना हातहतियार पक्राउ परेका छन् । रामनगर-४ बहुअर्वा टोलस्थित भित्री सडकखण्डमा रोकिराखेको बयलगाडामा हतियार भएकाे सुराकीका अाधारमा ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएकाे प्रहरी टोलीले ४० वर्षिय लालबाबु राय पक्राउ गरेकाे हाे । 

 

राेकिराखेकाे बयलगाडा चेक जाँच गर्दा परालले छोपी राखेको १ नाले १२ बोर बन्दुक प्रहरीले फेला पारेकाे हाे । रायलार्इ बन्दुकसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

 

प्रतिक्रिया दिनुहोस्