रासायनिक कारखानामा विस्फोट, २२ जनाको मृत्यु



चीन: उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा रासायिक कारखानामा भएको विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।  आज बिहान भएको विस्फोटमा अन्य २२ जना घाइते भएका छन् ।  

 

हेबेइ सिङ्गहुआको रासायानिक पदार्थ उत्पादन गर्ने कारखाना ‘मिकल इन्ड्रस्टि कोपरेसन लिमिटेड’ नजिकै बिस्फोट भएको थियो । विस्फोटमा परी ३८ ट्रक र १२ अन्य सवारी साधन ध्वस्त भएको नगर सरकारका अधिकारीहरुले जानकारी दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्