सिरहा: सिरहाकाे घौसी महुलियाबाट धनमाल चाेरी एक जना महिला पक्राउ परेकी छन् । लहान गगरपालिका-५ स्थित नँया बजारमा बस्ने रानी कुमारी सेकको घरमा काम गर्दै आएकी लहान नगरपालिका-८ की ३० वर्षिया गीता मुसर नगद रकम र गरगहना चाेरेकाे अाराेपमा पक्राउ परेकी हुन् ।
मुसहरले रानी कुमारीकाे घरबाट नगद रु. ४ लाख ३० हजार र सुनको विभिन्न गरगहनासमेत गरी ५ लाख बराबरको धनमाल चोरी गरेकाे प्रहरीले जनाएकाे छ । चाेरेर फरार रहेकी उनलार्इ इलाका प्रहरी कार्यालय लहान र ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीबाट खटिएको प्रहरीकाे संयुक्त टोलीले घौसी महुलियामा पक्राउ गरिएकाे हाे ।