बर्लिन: केही दिनयता यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गरेका करिन नेइसलले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।
यसबारे आगामी दिनमा हुने घटना र परिवेश अनुसार निर्णय लिइने अध्यक्ष नेइसलले बताए । अष्ट्रियाका विदेशमन्त्रीसमेत रहेका नेइसले जर्मनीका समकक्षी हेइको माससँगको कुराकानीपछि सञ्चारकर्मीसँग भने,' प्रतिबन्धको निर्णय दुबैतर्फबाट आगामी दिनमा हुने गतिविधिमा निर्भर रहनेछ ।'
रूस र यूक्रेनबीच पछिल्ला दिनयता नौसैनिक जहाजका बिषयलाई लिएर द्वन्द्व चर्किएको छ ।