६ करोडमा २६ नम्वर वडाको भवन बन्ने



काठमाडौं : लैनचौरमा छ करोड रुपयाँको लगानीमा वडा कार्यालय भवन बन्ने भएको छ । कामपा–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले कुल नौ हजार वर्गफिटमा साढे तीन तलाको सुविधासम्पन्न भवन निर्माण हुन लागेको जानकारी दिए ।

 

'प्रत्येक तला दुई हजार ६०० वर्गफिटको हुनेछ, उक्त भवनभित्र प्रयोगशाला, पुस्तकालय, प्रशासनिक काम गर्ने कार्यालय र बैठक कोठा हुनेछन्', अध्यक्ष तिवारीले भने ।महानगरपालिकाको लगानीमा बन्न लागेको उक्त भवनको बोलपत्र आह्वानको कामसमेत सम्पन्न भइसकेको छ ।

 

एक हप्ताभित्र भवन निर्माणका लागि सम्झौता हुने वडाध्यक्ष तिवारीले बताए । एक रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त भवन यही मङ्सिर अन्तिम हप्तासम्ममा शिलान्यास हुनेछ ।

प्रतिक्रिया दिनुहोस्