दैलेख : दैलेखमा बिहान भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । सुर्खेतबाट दैलेखको ठाँटिकाँधको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको जीप धामीगाउँ नजिक दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही, चालक रमेश शाही, वडा नं ३ का २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिका वडा नं.१ का समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ ।
दुर्घनामा २ जना घाइते छन् । उनिहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको छ । जिप सडकदेखि करीब ५० मिटर तल खसेको थियो ।