हेलिकप्टर र फरारीभन्दा पनि महङ्गो फोन प्रयोग गर्छिन् नीता अम्बानी



एजेन्सी: विश्वकै शक्तिशालीको ३८ औं स्थानमा रहेका भारतका मुकेश अम्बानी फोब्र्स एसियाका अनुसार विश्वका अर्बपतिको सूचीमा उनी २२ औं स्थानमा छन् । धनी अम्बानीको घर, गाडी, रहनसहन देखि लिएर उनको घरमा काम गर्ने कर्मचारीको तवल सुुविधाको समेत निकै चर्चा हुने गर्छ ।

 

उनी र उनका परिवार अनि उनीहरुको जीवनशैलीको विषयमा धेरैको चासो पनि रहन्छ । रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानीकी श्रीमती कस्तो फोन प्रयोग गर्छिन् त ?  

 

मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी धेरै खर्च गर्ने महिलामा पर्छिन् । उनी दैनिक ३ भन्दा बढी मूल्यको चिया पिउने गर्छिन् । भने उनले प्रयोग गर्ने हरेक सामानको मूल्य निकै महङ्गो हुने भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।  

 

सबैभन्दा सस्तो फोन भएको दावी गर्ने जियो कम्पनीका मालिक अम्बानीकी श्रीमती नीता अम्बानीको फोनको मूल्य ३१५ करोड पर्छ । जुन मूल्यमा प्राइभेट जेट पनि किन्न सकिन्छ । भने उनको मोबाइल फाल्कोन सुपरनोभा स्मार्टफोनको मूल्य ४८.५ मिलियन डलर रहेको छ ।

 

भारतीय सञ्चार माध्यमका अनुसार नीता अम्बानीसँग  falcon supernova IPhone 6 pink diamond रहेको छ ।  यो फोन बनाउने कम्पनीले विश्वका केहि धनी व्यक्तिहरुका लागि विशेष मागका आधारमा फोन निर्माण गर्ने गर्छ । यो फोन २०१४ मा लन्च भएको थियो । फोन २४ क्यारेट सुन र पिंक सुनबाट बनेको छ । जसमा प्लाटिनमबाट कोटिङ् गरिएको छ जसले फोनलाई फुट्नबाट बचाउँछ । 

 

 फोनको पछाडिको भागमा हिरा जडान गरिएको छ । यो फोनको विशेषता यसलाई ह्याक गर्न सकिदैन । ह्याक गर्ने प्रयास गरेको सूचना फोनमा तुरुन्तै आउँछ । 

प्रतिक्रिया दिनुहोस्