लिभरपुललार्इ हराउँदै चेल्सी चाैथाे चरण प्रवेश



काठमाडौं :  इएफएल कप (कारबाओ कप)को जारी सिजनमा लिभरपुललाई हराउँदै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ । जितसँगै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ भने लिभरपुल बाहिरिएको छ । 

इएफएल कप (कारबाओ कप) को तेस्रो चरणअन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले लिभरपुललाई उसकै मैदानमा २–१ ले हराएको हो । लिभरपुलले यो खेल अघि यो सिजनका सात खेलमा जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्