वन्दनाले बनाइन् विश्व रेकर्ड



काठमाडौं: धनकुटाकी वन्दना नेपालले सबैभन्दा धेरै समय लगातार नृत्य गरी विश्व रेकर्ड कायम गरेकी छिन् । गत शुक्रवारदेखि नृत्य सुरु गरेकी उनले अहिले दिउसो ३ बजेसम्म १ सय २६ घन्टा पुरा गरी विश्व रेकर्ड आफ्नो नाममा लेखाएकी हुन् ।

 

१७ वर्षीया नेपालले शुक्रवार ९ बजे बत्तिसपुतलीस्थित बिग फूडल्यान्डमा नृत्य सुरु गरेकी थिइन् । गिनिज बुक अफ वल्र्डको रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो समय नृत्यको रेकर्ड भारतले बनाएको छ । वन्दना नेपाल फाउन्डेसनका अनुसार उनको नृत्य विश्व रेकर्डका लागि दाबी प्रस्तुत गर्न बेलायत पठाइनेछ ।

 

गिनिज बुक अफ वल्र्डको नियमअनुसार नृत्य गर्दा प्रतिघण्टा ५ मिनेटको समय शौचालय र पानी पिउनका लागि पाउने गरेकी थिइन् । त्यसबाहेक बाँकी समय उनलेल निरन्तर नृत्य गरेकी थिइन् । बन्दनाको खुट्टा सामान्य सुन्निएको भए पनि अरू समस्या नदेखिएको चिकित्सकले बताएका छन् ।

 

गिनिज बुक अफ वल्र्डको रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो समय नृत्यको रेकर्ड भारतले बनाएको छ । सन् २०१६ मा केरलाकी कलामण्डलम हेमलथाले लगातार १ सय २३ घण्टा शास्त्रीय नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो समय निरन्तर नृत्य गरेको विश्व रेकर्ड गिजिन बुक अफ वल्र्ड रेकर्डमा लेखाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्