‘हिउँदै अधिवेशन पुस पहिलो साता’



काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशन पुस पहिलो साता सुरु हुने बताएका छन् ।

 

बुधबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशन पुस पहिलो साता सुरु हुने जानकारी दिएका हुन् ।

 

उनले नेपाली कांग्रेसको महासमिति बैठक पनि परेकाले पुसको पहिलो साताअघि हिउँदे अधिवेशन बोलाउन सकिने अवस्था नरहको स्पष्ट पारे । संसदको हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका कानुन संशोधन गर्ने सरकारको तयारी छ ।

 

उनले संसदीय समितिहरूलाई ठोस कार्ययोजना बनाएर सरकारको काम, कारवाहीको अनुगमन गर्न सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्