
गौशाला : श्रीमतीको हत्या गर्ने श्रीमान्लाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भंगाहा नगरपालिकास्थित हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
प्रहरीक अनुसार साहले २०७० भदौ १८ गते श्रीमती सञ्जुदेवी साहको हत्या गरी महोत्तरीको हरिणमरी र धनुषाको सिनुरजोरा गाउँको बीचबाट बग्ने बिग्ही नदीमा माटोमुनि गाडेका थिए ।
त्यसपछि फरार साहले भारतको उमगाँव सहरमा १३ महिना र कतारमा ३० महिना लुकेर काम गरेका थिए । उनी विगत ११ महिनादेखि जनकपुरधाममै अटो रिक्सा चलाउँदै आएका थिए । अटो रिक्सा चलाइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रासस