विराटनगर : मोरङको पथरीशनिश्चरे १० मा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
को १ ख ५७५२ नम्बरको टिपरले बा ६४ प १९९९ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका झापा मेची नगरपालिका १२ धाइजनका ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो । टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।