झन रहस्यमय बन्दै निर्मला पन्त हत्या घटना



काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले बुधबार निर्मला पन्त हत्याबारे एउटा रहस्य खोलेसँगै उनका बुबा यज्ञराज पन्तले पनि त्यसबारे बोलेका छन् ।

 

बुधबार गृहमन्त्रीले निर्मलाको हत्यापछि उनले लगाएको लुगा जलाइएको र मुचुल्कामा समेत बुबा यज्ञराज पन्तका नाममा नक्कली औंठाछाप गरेको खुलासा गरेका थिए ।  यसबारे यज्ञराजले पनि गृहमन्त्रीको भनाई साँचो रहेको बताएका छन् ।

 

तर यज्ञराजले  साउन ११ गते आफू भारतमा रहेको १२ गतेमात्रै घटनाबारे खबर पाएको बताएका छन् । तपाईंले ११ गते नै प्रहरीले उठाएको मुचुल्कामा औंठा छाप लगाएको भन्छन् नि हो  ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘होइन, यो गलत कुरा हो । म १२ गते बिहान ९ बजे मात्र कञ्चनपुरमा रहेको अञ्चल अस्पताल पुगें । मैले मात्र होइन मेरो परिवारले पनि त्यो दिन कहीं पनि औंठा छाप गरेका छैनौं । त्यो नक्कली नै हो ।

 

छोरीको हत्या भएको ८\१० दिनपछि मात्रै हामीलाई जिल्ला प्रहरी कार्यालय बोलाइयो । त्यहाँ मेरी श्रीमती, म र मेरो भतिजा लक्ष्मीप्रसाद पन्तलाई मुचुल्कामा होइन, अरू नै कागजमा सहीछाप गराइयो । तर के, कसो, केही भनिएन । औंठा छाप पनि गराएका थिए ।’  अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्