डेढ सयले सुरु गरेकाे व्यवसायबाट डेढ करोड आम्दानी,



कैलाली : धनगढी उपमहानगरपालिका १२ जुगेडाका एक युवा उद्यमीले डेढ सय लगानीबाट शुरु गरेको च्याउ खेतीबाट व्यवसाय डेढ करोडमा पु¥याएका छन् । दश कक्षा पढ्दादेखि नै च्याउ खेतीमा सुरु गरेका कमल बहादुर घर्ती मगरले अहिले करोडौंको आम्दानी गरिरहेका छन् । 

 

२०६५ सालमा दुई चार पोका राखेर सञ्चालन गरेको फर्मलाई २०७१ सालमा औपचारिक रुपमा केदार तरकारी तथा च्याउ उत्पादन फर्म दर्ता गर्दै व्यवसायलाई अगाडी बढाएको उद्यमी कमल बहादुर घर्ती मगरको भनाई छ । 

 

हाल च्याउ उत्पादन फर्ममा मात्रै ६० लाखको लगानी रहेको र प्रशोधन केन्द्रमा झण्डै १ करोड १० लाख गरी झण्डै डेढ करोड लगानीमा व्यवसाय सञ्चालन गरिरहेको उनले जानकारी दिए । 

गत वर्ष मात्रै २० टन च्याउ उत्पादन गरेका उनले यसवर्ष भने ५० टनको लक्ष्य लिएर अगाडी बढ्को बताए ।

 

 डेढ बिघा लिजमा लिएको र दश कट्टा आफ्नै जग्गामा  सञ्चालन गरेको व्यवसायबाट दैनिक ५ क्वीन्टल उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । फर्ममा उत्पादन भएको च्याउ विभिन्न परीकार बनाएर नेपालका ठूला–ठूला बजारहरु लगाएत भारतमासमेत निर्यात गर्ने गर्छन् ।

 

 उद्यमी घर्ती मगरले भने सुरुवातमा च्याउको बजारीकरण लगाएत भौतिक पुर्वाधारहरुको समस्या थियो । ‘अहिले त बजारमा माग अनुसार पुर्ती गर्न हम्मेहम्मे पर्छ । नेपालको काठमाडौं, बुटवल, नेपालगन्जदेखि भारतको पलिया लगाएतका सहरबाट अडर आउने गर्छ । ,’ उनले भने


संस्थाबाट पाए ६५ लाख अनुदान

 

निजी लगानीमा व्यवसाय सञ्चालन गरिरहेका उनलाई नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि विभागद्घारा सञ्चालित साना तथा मझौंला कृषक आयस्तर वृद्घि आयोजनाको पुरक अनुदान सहयोगबाट च्याउ प्रसोधन तथा बजारीकरणको लागि ६५ लाख रुपयाँ अनुदान पाए । 

 

उक्त अनुदानबाट खरिद गरीएको च्याउ प्रशोधन मेसिनको प्रतिघण्टा ५०० केजीसम्म च्याउ प्रशोधन गर्ने क्षमता रहेकोे छ । जुन सुदूरपश्चिम प्रदेशकै पहिलो र सबैभन्दा ठूलो फर्म रहेको व्यवसायी घर्ति मगरको दाबी छ । 

 

उक्त मेसिनबाट आफ्नो फर्मको मात्र नभएर अन्य साना किसानबाट च्याउ खरीद गरि पशोधन गर्ने र उक्त प्रशोधित च्याउ अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उनको लक्ष्य रहेको छ ।


मुख्यमन्त्री त्रिलोचन भट्ट द्घारा प्रसोधन केन्द्र उद्घाट्न  

 

एक करोड आठ लाख लगानिमा सञ्चालन भएको च्याउँ प्रसोधन फार्म बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् । साना तथा मझौला कुषक आय स्तर वृद्घि आयोजनाबाट पाएको ६५ लाख अनुदान र बाँकी ४२ लाख व्यक्तिगत लगानीमा धनगढी उपमहानगरपालिका १२ जुगेडामा केदार तरकारी तथा च्याउ उत्पादन फर्मद्घारा सञ्चालित च्याउँ प्रसोधन केन्द्रको मुख्य मन्त्री भट्टले उद्घाटन बुधबार बिहान गरेका हुन् । 

 

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री भट्टले सबैलाई व्यवसायी बन्न आग्रह गर्दै केदार तरकारी तथा च्याउ उत्पादन फार्म कमल बहादुर घर्तिमगरले उधारणी काम गरेको भन्दै प्रशंसा गरे । 

मुख्य मन्त्री भट्टले प्रदेश सरकार सधै जनताको माझमा रहेको र चाडै उद्यम र उद्यमीका लागी बजेट ल्याउने बताए । 

प्रतिक्रिया दिनुहोस्