‘मधेसमा शिक्षाको स्तर खस्कनुमा राज्य दोषी’



जनकपुरधाम: प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबावु राउतले राज्यको बिभेदकारी नीतिका कारण मधेसमा शिक्षाको स्तर खस्किएको बताएका छन् ।

 

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले जनकपुरमा आज आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको विभेदले मधेशमा शिक्षाको स्तर खस्किएको बताए । राउतले प्रदेश भित्र शिक्षा सम्बन्धी नीति बनाउने अधिकार प्रदेशलाई नै दिनुपर्ने बताए ।

 

राउतले  उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगलाई सर्वमान्य हुने गरी नीति नियम बनाउन सुझाव दिए । आयोगका सदस्य विद्यानाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुर उप महानगरपालिकाकी उपप्रमुख रीता झा लगाएत सरोकारवालाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्