वाइडबडी खरिद प्रकरण : दस दिनभित्र राय पेस गर्न लेखाको निर्देशन



काठमाडौँ : प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरीद प्रक्रिया उल्लङ्घन गरे/नगरेको विषयमा १० दिनभित्र राय दिन सार्वजनिक खरीद तथा अनुगमन कार्यालयलाई निर्देशन दिएको छ । 

 

समितिको ब बैठकमा उक्त कार्यालयका सचिव मधुप्रसाद रेग्मीबाट विमान खरिद प्रक्रियाका सम्बन्धमा आवश्यक जानकारी लिएपछि समितिले १० दिनभित्र लिखित राय पेस गर्न निर्देशन दिएको हो । एक हजार घण्टा उडान भरेको उक्त विमान खरिद गर्दा सार्वजनिक खरिद प्रक्रिया उल्लङ्घन भए/नभएकोसहित समितिमा उठेका प्रश्नको सम्बोधन हुने गरी प्रतिवेदन दिन समितिले निर्देशन दिएको छ ।

 

 

विमान खरिदमा अनियमितता भएको हुन सक्ने आशङ्का भएपछि संसदीय समितिले आआफ्नो कार्यक्षेत्रभित्र रहेर सरोकारवालासँग आवश्यक जानकारी लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्