सबै स्थानीय तहमा ‘मोबाइल एप्लिकेशन’



काठमाडौं: सूचना प्रविधि विभागले चालू आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा ‘मोबाइल एप्लिकेशन’ सञ्चालनमा ल्याउने भएको छ ।

 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले स्थानीय तहका नागरिकलाई प्रदान गरिने सबै सेवासहित सूचना समावेश गरिएको मोबाइल एप्लिकेशन चालू आर्थिक वर्षभित्र सबै स्थानीय तहमा सञ्चालनमा ल्याउने जानकारी गराएका हुन् ।

 

स्थानीय तहमार्फत नागरिकलाई प्रदान गरिने सेवाको सूचना समावेश गरिएको मोबाइल एप्लिकेशन चालू आर्थिक वर्षभित्र ७ सय ५३ वटै स्थानीय तहमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको महानिर्देशक यादवले बताए । विभागले अहिलेसम्म यो सेवा सय वटा स्थानीय तहमा सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्