अफगानिस्तानमा २६ लडाकू मारिए



अफगानिस्तान: अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा २६ भन्दा बढी लडाकू मारिएका छन् । तालिबान लडाकूहरुको अखडामा भएको आक्रमणमा परी अरू २० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

 

सेनाले तालिबान लडाकूहरु त्यहाँ रहेको थाहा पाएरै आक्रमण गरेको जनाएको छ । सेनाले अन्डार, गिलान, क्वार्जाघलगायत जिल्लाका विभिन्न ठाउँमा आक्रमण गरेको वक्तव्यमा उल्लेख छ ।

 

लडाकूहरुले प्रयोग गर्ने हातहतियार र अन्य बन्दोबस्तीका सामग्री पनि नष्ट गरिदिएको सेनाले जनाएको छ । घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया दिनुहोस्