सीमा क्षेत्रीय रेलमार्गको दुई कोरियाद्वारा संयुक्त निरीक्षण



एजेन्सी : उत्तर र दक्षिण कोरिया दुई देशको सीमा क्षेत्रमा रहेको रेलमार्गको संयुक्तरुपमा निरीक्षण गर्न सहमत भएका छन् । 

उक्त रेलमार्गको निरक्षण आगामी नोभेम्बर ३० बाट गर्ने सहमति भएको दक्षिण कोरियाको एकिकरण मन्त्रालयले जानकारी दिएको छ । 

आगामी शुक्रबारबाट शुरु हुने निरीक्षण १८ दिनसम्म हुने जनाइएको छ । यी दुई देशको सीमा क्षेत्रमा रहेको यस रेलमार्गको यसरी संयुक्तरुपमा निरीक्षण शुरु भएको सन् १९५३ मा दुई कोरियाको विभाजनपछिकै पहिलो पटक हो । 

दुई देशबीच गत जुन महिनाको अन्त्यबाट नै संयुक्तरुपमा यो रेलमार्ग निरीक्षण गर्ने विषयमा छलफल भई योजना बनेको थियो । तर निरीक्षण गर्ने कार्य भने चार महिना ढिला भएको छ । 

सीमा क्षेत्रमा यी दुई देशमा संयुक्तरुपमा रेलमार्ग सञ्चालनमा ल्याउने बताएका छन् । सोही आयोजनाको निरीक्षणको कार्य शुरु हुन लागेको हो । 

यसअघि भने सीमा क्षेत्र अर्थात दुई कोरियाको विभाजन भएको क्षेत्रमा सयुक्त राष्ट्रसंघीय सुरक्षाकर्मी रहेकोले सो प्रस्ताव अस्विकृत गरिदिएका थिए । त्यसपछि भने यो कार्यमा केही महिना ढिलाई भएको थियो । 

प्रतिक्रिया दिनुहोस्