मिडिया र अत्यावश्यक सेवालाई जोर–बिजोर लागू नहुने



काठमाडौं: एसिया प्यासिफिक समिट २०१८ मा आउने विदेशी पाहुनाको सवारी आवातजावतलाई सहज बनाउन भोलिदेखि उपत्यकामा सवारी साधनका लागि लागू गरिएको जोर–बिजोर प्रणाली मिडिया र अत्यावश्यक सेवाको हकमा लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तका अनुसार मिडिया, एम्बुलेन्स, शैक्षिक संस्था लगायत सवारी साधनका लागि नियम निर्णय लागू हुने छैन । उनीहरुको हकमा परिचयपत्र हेरेर सवारी साधन चलाउन दिइने ट्राफिक प्रहरीले जनाएको छ ।

 

भोलिदेखि आइतबारसम्म जोर–बिजोर प्रणाली लागू हुँदैछ । सो अवधिमा बिहान सात बजेदेखि बेलुका आठ बजेसम्म चक्रपथ र चक्रपथभित्र ट्रक–टिप्पर सञ्चालन हुने नपाउने ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्