एम्बुलेन्स सेवा सुरु भएपछि स्थानीय हर्षित



बझाङ : बुंगल नगरपालिकास्थित खिरातडी स्वास्थ्य चाैकीले अब एम्बुलेन्स सेवा दिने भएकाे छ । ग्रामिण भेगमा रहेका विरामी तथा गर्भवती महिलाले भनेको समयमा गाडी नपाउने र महंगो भाडा तिर्नुपर्ने भएकाले बुंगल नगरपालिकाको आर्थिक सहयोगमा एम्बुलेन्स सेवा सुरु गरिएको हो । 

 

कुल दश लाख १२ लाखको लागतमा एम्बुलेन्स खरिद गरेको खिरातडी स्वास्थ्य चौकी इन्चार्ज बेदप्रकाश जोशीले बताए । समयमा अस्पताल पुगाउन नसक्दा बिरामीले बाटोमै ज्यान गुमाउने हुनाले अब एम्बुलेन्स सेवा सुरु भएपछि सहज हुने नगर प्रमुख धनबहादुर बिस्टले बताए ।

 

बुधबार नगरपालिकाको मुख्य बजार वडा नं ४ बिजगडास्थित खिरातडी स्वास्थ्य चौकीमा एम्बुलेन्स देख्न पाउँदा नगरवासी खुसी भएका छन् । एम्बुलेन्स सेवा सुरु भएपछि खुसी हुँदै बुंगल नगरपालिका- ४ का स्थानीय सुरेश कुवँरले विगतका दिन स्मरण गर्दै भने, 'हामीहरुलाई एम्बुलेन्स नहुँदा असज भएको थियो । अब बुंगलवासीले अकालमै ज्यान गुमाउने समस्या हट्ने भयाे ।' 

 

यसअघि बुंगलबासीले गम्भीर प्रकृतिका बिरामी, गर्भवती महिला तथा अन्य अापतमा परेकाहरुले महँगाे भाडा तिरेर जीप मार्फत लैजानु पर्ने बाध्यता थियो । अब एम्बुलेन्सले नगरपालिका बाहेक बाहेकका नजिकका स्थानीयलार्इ पनि सेवा दिने स्वास्थ्य चाैकीले बताए । 

 

प्रतिक्रिया दिनुहोस्