मासु अड्किएर एक जनाको मृत्यु



पर्वत : पर्वतमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ। जिल्लाको कुश्मा नगरपालिका १० पिपलटारीका ४१ वर्षीय कर्णबहादुर नेपालीको मंगलबार राति ९ बजेको समयमा खाना खाने क्रममा मासुको चोक्टा अड्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

घाँटीमा चोक्टा अड्किएपछि घरमै केही समय निकाल्ने प्रयास गरेको भए पनि चोक्टा तल-माथि नसरेपछि उनलाई राति नै जिल्ला अस्पताल पर्वतमा लगिएको थियो । 

उपचारको लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको भए पनि अस्पतालले भने मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्