हात्तीको आक्रमणबाट दुर्इको मृत्यु



चितवन: माडीमा हात्तीको आक्रमणबाट बुधबार दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बस्ने ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया त्रिष्णाकाली पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

दिउँसो घरबाट घाँस काट्नका लागि रिउखोलातर्फ जाने क्रममा उनीहरुलाई जङ्गली हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्