केन्द्रको धम्कीले प्रदेश २ डराउँदैन : मन्त्री यादव



सिरहा : प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशले गर्न खोजेको हरेक काममा केन्द्रले अवरोध गरेको आरोप लगाएका छन् । देश संघीयतामा गएपनि नेताहरूको मानसिकता पुरानै संरचनामा अल्झिएको उनको भनाइ छ । 

सिरहामा आयोजना भएको एक कार्यक्रममा बोल्दै मन्त्री यादवले संघीय नेताले दिने धम्कीले कुनै असर नगर्ने पनि बताए । सङ्घीयता असफल बनाउने उद्देश्यले संघीय सरकारले प्रदेशलाई असहयोग गरेको उनको जिकिर छ ।

मन्त्री यादवले मधेसका धेरै सहिदको वलिदानीले सङ्घीयता संस्थागत गर्ने अवसर प्राप्त भएकोले कुनै हालतमा यसको सदुपयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

कार्यक्रममा मन्त्री यादवले लहान रिफ्रेन्स ल्याब्रोटरीको शुभारम्भ गरेका थिए ।

शुभारम्भको अवसरमा ल्याबले हरेक महिनाको १२ गते हरेक परीक्षणमा ५० प्रतिशत छुट दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्