प्रत्येक दिन ३ अर्ब कमाउँछन् मुकेश अम्बानी



एजेन्सी : कुनै पनि व्यक्तिको एक दिनको कमाइ कति होला ? हजार, लाख वा करोड । तर, पत्याउन गाह्रो पर्छ, गएको वर्ष भारतका धनाढय मुकेश अम्बानीले प्रत्येक दिन ३ अर्ब भारुको कमाइ गरे ।

बाक्र्लेज हरन इन्डियाद्वारा प्रकाशित भारतीय धनाढयहरूको नालीबेली समेटिएको प्रतिवेदनले अम्बानीको आम्दानी दिनहुँ ३ अर्बले बढेको जनाएको छ । उनको कम्पनीको सेयर मूल्यमा भएको वृद्धिले यस वर्ष अम्बानीको सम्पत्ति अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले बढेर ३ लाख ७१ हजार करोड भारु पुगेको प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय दैनिक ‘द इकोनोमिक टाइम्स’ ले लेखेको छ ।

 

सम्पत्तिमा भएको त्यस्तो वृद्धिले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष ६१ वर्षीय अम्बानी लगातार सातौं वर्ष पनि भारतका सबैभन्दा धनाढय व्यक्तिमा दरिन पुगेका छन् । यसबारे अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्