स्वास्थ्यका १७ सय कर्मचारी जम्मेवारीविहीन



काठमाडौं : देशमा नयाँ संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतका करिब एक हजार ७ सय कर्मचारी पाँच महिनादेखि जिम्मेवारीविहीन (फाजिल) छन् । अध्ययन र योजनाविना संरचना बनेपछि सबै कर्मचारी दरबन्दीमा अटेका छैनन् । 

विशेषज्ञ डाक्टर, प्राविधिक र प्रशासनिक कर्मचारी जिम्मेवारीविहीन हुँदा देशभरकै स्वास्थ्य सेवा प्रभावित भइरहेको छ । वीर अस्पतालमा पनि ४२ कर्मचारी दरबन्दीविनै काम गरिरहेका छन् । 

जसमा २० अनमी र २२ हेल्थ असिस्टेन्ट रहेका छन् । मन्त्रालयमा एघारौं तहका १० कर्मचारी दिनहुँ हाजिर गर्ने, घर फर्किने मात्रै गरिरहेका छन् । 

जसमा तीन विशेषज्ञ डाक्टर र अरु प्राविधिक कर्मचारी छन् । देशघर जिम्मेवारीविहीन हुने कर्मचारी स्वास्थ्य शिक्षा र जनस्वास्थ्यका बढी छन् । आजको कान्तिपुर कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्