कांग्रेसका जिल्ला सभापतिहरू ककनीमा



नुवाकोट : कांग्रेसको नयाँ विधान मस्यौदामाथि छलफल गर्न जिल्ला सभापतिहरू नुवाकोटको ककनीमा भेला भएका छन् । बुधबार सुरु भएको दुईदिने भेला प्रस्तावित विधान मस्यौदामाथि केन्द्रित हुने नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।

जिल्ला सभापतिहरूकै पहलमा भेला भएको उनले जनाए । ‘विधानमाथि छलफल गर्न विशुद्ध सभापतिहरूको मात्र भेला हो । यहाँ केन्द्रीय नेता कोही आउनुहुन्न’ उनले भने ।

विधान मस्यौदामा उल्लेखित संगठनात्मकलगायत विभिन्न विषयमा संशोधनका लागि ७७ वटै जिल्लाका सभापतिको साझा धारणा महासमितिमा लैजाने योजनासहित भेला सञ्चालन भएको केसीको भनाइ छ ।

महासमिति बैठक आगामी २८ मंसिरमा बोलाइएको छ । महासमितिले दुईतिहाइले पारित गरेपछि नयाँ विधान लागू हुनेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्