नेकपा प्रदेश कमिटी एकता टुंगियाे, सदस्यकाे नाम अाज सार्वजनिक गरिने



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । 

 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ । 

 

नेकपाले प्रदेश कमिटीका सदस्यहरुको टुंगो लगाएको भए पनि पूर्ण विवरण बिहीबार मात्रै सार्वजनिक गर्ने जनाएको छ । खबर अाजकाे अन्नपूर्ण पाेस्टबाट लिइएकाे हाे । 

 

यस्तै अब नेकपाले  केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न बाँकी छ । सो विषयलाई पनि आगामी बैठकबाट टुंग्याइने  श्रेष्ठले जानकारी दिए । 

 

यसअघि मङ्गलबार बोलाइएको बैठक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण स्थगित भएको थियो । 

 

पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस्