बालबालिका विद्यालय नपठाए कारबाही



ओखलढुंगा : खिजीदेम्बा गाउँपालिका–९ पात्लेमा छोराछोरी विद्यालय नपठाउने अभिभावकलाई कारबाही हुने भएको छ । स्थानीय जनता आधारभूत विद्यालयले आफ्नो क्षेत्रभित्रका बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

अभिभावककै कारण बालबालिका शिक्षाको अधिकारबाट वञ्चित हुँदै गएकाले यस्तो निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले बताए ।

‘स्कुल नपठाई छोराछोरी घरमा राखेर काम लगाउने अभिभावकलाई बालश्रम शोषण गरेको भनेर विद्यालयले उजुरी गर्छ र कारबाहीका लागि हामी सिफारिस गर्छौं,’ अध्यक्ष शेर्पाले भने, ‘शिक्षित र सभ्य समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो । 

सबै बालबालिका विद्यालय पठाएर आफ्ना सन्ततिको उज्ज्वल भविष्यका लागि अभिभावकले पनि चासो देखाउनुपर्छ ।’ स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग छलफलपछि यस्तो निर्णय गरिएको उनले बताए । 

यो निर्णयले बालबालिका विद्यालय जाने दर बढ्ने अपेक्षा गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्