
झापा : बिर्तामोडस्थित मेची आँखा अस्पतालले सदरमुकाम भद्रपुरमा अत्याधुनिक उपकरणसहितको सेवा विस्तार गरेको छ । स्थानीय सत्यनारायण सरियाले एक बिघा जग्गा निःशुल्क उपलब्ध गराएपछि भद्रपुर–५ मा भवन निर्माण गरी अस्पतालले आँखा उपचार सेवा सुरु गरेको हो ।
भवन निर्माणका लागि ५५ लाख खर्च भएको छ । विभिन्न मेसिनरी जडानका लागि ११ लाख खर्च भएको अस्पतालका प्रशासन प्रमुख सुरजकुमार रौनियारले जानकारी दिए । जग्गादाता सरियाले उपचार केन्द्र व्यवस्थापनका लागि आफ्नो तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले अस्पतालमा आँखाको सम्पूर्ण उपचार हुने बताए । अस्पतालले विद्यालयस्तरमा आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको छ । ‘तीन वर्षभित्र दुई लाख विद्यार्थीको आँखा परीक्षण गर्ने योजना छ’, जोशीले भने, ‘यसले विद्यार्थीको आँखाको अवस्था थाहा हुन्छ ।’
भद्रपुर आँखा उपचार केन्द्रबाट दक्षिणी झापालगायत सीमावर्ती भारतको गलगलिया, किशनगन्ज, ठाकुरगन्जसम्मका बिरामीले सहज ढंगबाट सेवा पाउनेछन् । मेची आँखा अस्पतालको सुरुवात भद्रपुरबाटै भएको हो ।
भवन निर्माणका लागि ५५ लाख खर्च भएको छ । भने विभिन्न मेसिनरी जडानका लागि ११ लाख खर्च भएको अस्पतालका प्रशासन प्रमुख सुरजकुमार रौनियारले जानकारी दिए । आजको नयाँ पत्रिका दैकिमा समाचार छ ।