थप तीन जहाज खरिद गर्दै निगम



काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एरबस ३२० सिरिजको वाइडबडी जहाज प्रक्रिया विवाद अन्त्य भएपछि नयाँ खरिद प्रक्रिया अगाडि बढाइने भएको छ । 

हाल खरिद प्रक्रियाको विषयलाइ लिएर संसदीय समितिहरुले छानबिन गरिरहेकाले यसको टुंगो लागेपछि मात्रै निगको व्यापारिक योजनाअनुसार नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाइने भएको छ । 

छानबिनको टुंगो लागेपछि व्यापारिक योजना अनुसार खरिद प्रक्रिया अघि बढ्ने छ, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले भने । 

नियमसँग भएका जहाजहरुको पूार्ण क्षमताका उडानसँगै नयाँ गन्तव्य थपिने र नयाँ जहाज खरिदको प्रक्रिया अघि बढ्ने अधिकारीको भनाइ । जहाज खरिदमा देखिएको भनिएका विषयमा संसदीय समितिहरुले छानबिन गरिरहकाले छानबिनपछि कोही दोषी देखिए कारबाही गर्ने मन्त्री अधिकारीले बताए ।  

निगमको योजनामा २०२० भित्र थप तीन न्यारोबडी जहाज खरिद गर्ने योजना छ । निगमले केही महिनाअघि मात्रै तीन थान न्यारोबडी जहाज खरिद गर्ने सञ्चालक समितिले निर्णय गरेको थियो । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्