बार्सिलोना, एट्लेटिको मड्रिड, बोरुसिया डर्टमण्ड र टोटनह्याम प्रिक्वाटर फाइनलमा



काठमाडौं : बार्सिलोना, एट्लेटिको मड्रिड, बोरुसिया डर्टमण्ड र टोटनह्याम युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेकका छन् । 

बुधबार राति भएको खेलमा बार्सिलोनाले नेदरल्याड्सको पीएसभीलाई २–१ ले हराउँदै एक खेल अगावै समूह विजेता बन्दै प्रिक्वार्टर फाइनलमा स्थान बनाएको छ ।

नेदरल्याण्डको इन्दोभेनमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनका लागि लियोनल मेस्सी र जरार्ड पिकेले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बनेको खेलको ६१औं मिनेटमा मेस्सीले बार्सिलोनलाई अग्रता दिलाए । मेस्सीले डेम्बेलेको पासमा गोल गरेका थिए । 

७०औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता २–० मा लम्ब्याए । उनले मेस्सीले मिलाइदिएको बललाई गोलमा परिणत गरे । 

८२औं मिनेटमा लुक डि योङले पीएसभीका लागि गोल गर्दै बार्सिलोनाको अग्रता २–१ मा छोट्याएका थिए । तर, बाँकी समयमा थप गोल हुन नसक्दा बार्सिलोना विजयी भयो । बार्सिलोनाले समूह बीमा १३ अंक बनाउँदै समूहको विजेता बनेको छ । 

यसै समूहमा इंग्लिस क्लब टोटनह्यामले इटालियन क्लब मिलानलाई १–० ले हराउँदै नकआउट चरणका आशा कायमै राखेको छ । टोटनह्यामको जितमा क्रिष्टियन इरिक्सनले ८०औं मिनेटमा गोल गरेका थिए । 

एट्लेटिको मड्रिड मोनाकोलाई २–० ले हराउँदै नकआउट चरणमा स्थान बनाएको छ । समूह एबाट जर्मन क्लब बोरुसिया डर्टमण्ड पनि बेल्जियमको क्लब ब्रुगेसँग गोलरहित बराबरीमा रोकिँदै प्रिक्वार्टर फाइनलमा पुग्यो ।

प्रतिक्रिया दिनुहोस्