अामाकाे नामबाट नागरिकता पाइने व्यवस्था सहज पार्न माग



काठमाडौँ : सांसदहरूले आमाको नामबाट सन्तानले नागरिकता पाउने व्यवस्थालाई सहज बनाउन सुझाएका छन् । 

 

संघीय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा उनीहरूले बाबु वा आमाको नामबाट नागरिकता लिने विषयलाई समान व्यवहार गर्न माग गरेका हुन् ।

 

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याइएको विधेयकमा आमाको नामबाट नागरिकता लिन खोज्दा पनि बाबुको खोजी गरिएको र बाबुको पहिचान हुन नसके त्यसको पुस्ट्याइँ गर्नुपर्ने प्रावधानप्रति सांसदहरूको आपत्ति छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्