भूकम्प पुनर्निर्माणसँगै लाङटाङ घुम्ने दाेब्बरले बढे



रसुवा : लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्नेको संख्या गत वर्षको तुलनामा दोब्बरले बढेका निकुञ्जले जनाएको छ ।

 

निकुञ्जका अनुसार गत वर्ष कार्तिकमा करिब दुई हजारको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेकोमा यस वषर्को कार्तिक महिनामा मात्रै ४ हजार ७ सय ९८ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।

 

घुम्नका लागि काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले बस्ती नजिकैबाट लाङटाङ ग्लासियर र हिमालको अवलोकनसमेत गर्न सकिने हुँदा पर्यटकको रोजाइमा लाङटाङ क्षेत्र पर्ने गरेको हो ।

 

भूकम्पले तहसनहस बनाएको पदमार्गको तथा होटलहरूको पुनर्निर्माण सम्पन्नसँगै पछिल्लो वर्ष लाङटाङ र गोसाइँकुण्ड क्षेत्र घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक पनि बढदै गएका छन् ।

 

यस क्षेत्रमा सार्क मुलुकलगायत लाङटाङ क्षेत्र घुम्न आउने अन्य देशका पर्यटकहरूमा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायतलगायत २४ भन्दा बढी राष्ट्रका रहेका छन् ।

 

कार्यालयले दिएकाे सूचनाअनुसार विदेशीलाई तीन हजार, सार्क राष्ट्रका पर्यटकलाई एक हजार पाँच सय क्याम्पेनिङमा आउनेलाई एक हजार पाँच सय, पर्यटकहरूसँगै आउने नेपालीलाई एक सय र भरियालाई २५ रुपैँया शुल्क लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्