काठमाडौं : कक्षा ११ को ग्रेड वृद्धि परीक्षा पुस १४ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सूचना प्रकाशित गरी ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने भएको छ ।
परीक्षा पुस २२ गते सकिने कार्यालयले जनाएको छ । कार्यालयले तोकिएको परीक्षा कार्यक्रमअनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि अर्को व्यवस्था नगरिने जनाएको छ । यस्तै परीक्षा तोकिएको दिन कुनै आकस्मिक बिदा पर्न गएमा पूर्वसूचनाबिना परीक्षा स्थगित नगरिने पनि कार्यालयले स्पष्ट पारेको छ ।