काठमाडौं : ‘एसिया प्यासिफिक समिट–२०१८’मा सहभागी हुन म्यानमारकी विदेशमन्त्री आङ साङ सूकी काठमाडौं आइपुगेकी छन् । शुक्रबारदेखि दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ आउने क्रम जारी छ । सूकीलार्इ सरकारका उपप्रधान एवं रक्षामन्त्री र्इश्वर पोखरेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
त्रिभुवन विमानस्थलमा अवतरण गरे लगत्तै उनी सोल्टी होटल पुगेकी छन्। हेलिकप्टरसहितको विशेष सुरक्षा सहित उनलार्इ विशिष्ठ पाहुन बस्ने व्यवस्था मिलाइएको सोल्टी होटल लगिएको हो। अन्य मुलुकका पाहुनापनि आज र भोली काठमाडौं आउदैछन्।
मसिंर १३ र १४ गते हुने काठमाडौंमा हुने सम्मेलनमा कम्बोडियाका प्रधानमन्त्रीसमेत आउने भएका हुन्। विभिन्न मुलुकका बहालवाला र पूर्व पदाधिकारी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुख) सहित विभिन्न संघसंस्थाका प्रतिनिधि आउने बताइएको छ।
सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, तुभालुका राष्ट्रप्रमुख लाकोबा टाइया इटालेनी सहभागी हुने भनिएको छ। त्यसैगरी समोआका राष्ट्र प्रमुख अफिओगा टुई मालिलिफानो, नाउरुका राष्ट्रपति बारोन वाका, भानुआतुका राष्ट्रपति मोसेस ओबेड टल्लिस र म्यानमारकी विदेश मन्त्री आङ साङ सू ची समेत सहभागी हुने बताइएको छ ।
यो सम्मेलन नेपाल सरकार, प्रतिनिधि सभा, युनिभर्सल पिस फेडरेसन (यूपीएफ), नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप) र इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टेरियन फर पिस (आईएपीपी) को सहकार्यमा हुँदैछ।