अञ्जनीले लगाइन् आफ्नो जिउमा आफैले आगो



सप्तरी: सप्तरीमा एक युवतीले आफ्नो जिउमा आफैले आगो लगाएर आत्महत्या गरेकी छिन् । कञ्चनरूप नगरपालिका–४, जगतपुरकी १३ वर्षीया अञ्जनी चौधरीले आफ्नो जिउमा आफैले आगो लगाएकी हुन् ।

 

आफ्नो जिउमा आफैले मट्टितेल छर्किएर आगो लगाएकी चौधरीको मृत्यु भएको छ। अञ्जनीले आमासँग विवाद भएपछि शरीरमा मट्टितेल छर्किएर आगो लगाएर आत्महत्या गरेकी हुन् । आगोबाट घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित म्याक्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्