घोराहीका वडाध्यक्ष मगरको मृत्यु



दाङ : दाङको घोराही उपमहानगरपालिका—१६ का वडाध्यक्ष लक्षिणप्रसाद बुढा मगरको मृत्यु भएको छ । जेठदेखि बिरामी वडाध्यक्ष बुढाको गएराती मृत्यु भएको हो ।

 

२०७४ साल असार १४ गते भएको स्थानीय तह निर्बाचनमा घोराही–१६ को वडाध्यक्ष पदमा निर्वाचित बुढा मगरको भारतको मेदान्त अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।  

 

उनको उपचार नेपाल, भारत र थाइल्याण्डमा समेत गरिएको थियो । बुढाको निधन प्रति प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दुःख ब्यक्त गर्दै श्रद्धान्जली ब्यक्त गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्