जानकी मन्दिरबाट सुरु गरिएको विकास कसैले रोक्न नसक्ने मुख्यमन्त्रीको उद्घोष



जनकपुरधाम : प्रदेश न‍‍‌म्बर २ का मुख्यमन्त्री लालबाब राउतले प्रदेशको विकास सुरु भएको उद्घोष गरेका छन् । जनकपुरमा जानकी मन्दिरकाे सौन्दर्यीकरण सुरु गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ को विकास हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिरबाट प्रारम्भ गरिएको बताए ।

 

राउतले वैदिक मन्त्रोच्चारण गरी सौन्दर्यीकरण कार्यकाे शिलान्यास गरेका हुन् । शिलान्यासका लागि गंगासागर पोखरीबाट माटो ल्याइएको थियो भने पण्डितहरुले स्वस्ति वाचन गरेका थिए ।

 

जानकी मन्दिरबाट विकास सुरु गरिएकोले समृद्धिको गतिलाई कुनै शक्तिले रोक्न नसक्ने राउतले बताए । सौन्दर्यीकरणका लागि प्रदेश सरकारले सबा ८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्