सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा सबैकाे साथ चाहियाे : मन्त्री अधिकारी



काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको जनाएका छन् । कार्यक्रमको कार्यान्वयन भने चुनौतीपूर्ण रहेको टिप्पणीसमेत उनले गरे ।

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनको ३८औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले श्रमिकको सम्मानका लागि जीवनपर्यन्त सुविधा दिनेगरी सरकारले सामाजिक सुरक्षा कार्यक्रम ल्याएको दाबी गरे । सामाजिक सुरक्षा कार्यक्रमबाट मुलुक नयाँ युगमा प्रवेश गरेको दाबीसमेत उनको थियो ।

 

अधिकारीले सामाजिक सुरक्षा कार्यक्रमका्  कार्यान्वयनका लागि सबै गम्भीर भएर लाग्नुपर्ने खाँचो औंल्याए । उनले श्रमिकहरुलाई अवसर, सेवा र सुविधा दिएर मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागि परेको दाबी गरे ।

सरकारले भड्किलो प्रचारका साथ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेको छ । कार्यक्रम सही भए पनि प्रचार शैली ठीक नभएको भन्दै ओली सरकारको आलोचना भइरहेको छ । सामाजिक सुरक्षा कोषमा बर्सेनि जम्मा हुने डेढ खर्ब रुपैयाँ व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती पनि सरकारसामु छ । 

 

प्रतिक्रिया दिनुहोस्